वैखरी अनलाईन, बाणगंगा ।
पश्चिम नेपाल बस व्यवसायी संघ प्रा.लि.ले सुविधा सम्पन्न दरबार एसी बस संचालनमा ल्याएको छ । कपिलवस्तुको पर्यटन क्षेत्रमा सहयोग पुग्ने उद्देश्यका साथ अशोक लेल्याण्ड कम्पनीको उक्त बस संचालनमा ल्याईएको हो । सोमबार सो बसको जिल्लाको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले उद्घाटन गरेसंगै संचालनमा आएको संचालक ऋषिराम न्यौपानेले जानकारी दिए ।
नगर प्रमुख थापाले यस सुविधा सम्पन्न बसले यस क्षेत्रका नागरिकलाई यात्रामा राहात मिल्ने विश्वास व्यक्त गरे । यातायात क्षेत्रमा देखिने समस्या समाधानका लागी नगरपालिका सदैव तयार रहेको उनको भनाई छ ।
उनका अनुसार एक करोड रुपैयाँ बढी लागतमा संचालनमा ल्याईइको उक्त बस हरेक दिन काठमाडौंका लागी चन्द्रौटाबाट साँझ ७ बजे छुट्ने छ भने काठमाडौंबाट चन्द्रौटाका लागी साँझ साढे ७ बजे छुट्ने छ । विगत १५ बर्षदेखि यातायात क्षेत्रमा काम गर्दै आएका न्यौपानेले बसको सहचालक हुदैं यस क्षेत्रमा प्रवेश गरेका थिए ।
अहिले न्यौपाने सुविधा सम्पन्न बसको संचालकका रुपमा उदाएर उदाहरणीय पात्र बनेका छन् । बसमा एसीसहित ईन्टरनेट, पानी, आरामदायी सिट, एयर सस्पेन्सन, ब्लाङ्केट लगायतका सुविधा उपलब्ध छन् । संचालक न्यौपानेले बसको टिकट अनलाईनबाटै पश्चिम नेपाल बस व्यवसायी संघको पिएनबिबिएस वेवसाईटमा गएर काट्ने व्यवस्था समेत मिलाईएको बताए ।