गृहपृष्ठ Featured चट्याङ्गसहित वर्षाको सम्भावना

चट्याङ्गसहित वर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौं ।

नेपालमा पश्चिमी  निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।

शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ । राती कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

सम्बन्धित् समाचार