यस्तै प्रचण्डले नेपाली समूदायका केही कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने राति नेपाली दूतावासको कार्यक्रममा सहभागी हुनेछन् ।
नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागत र सम्मानमा रात्रिभोजको आयोजना गरेको हो । साँझ ७ बजेदेखि सुरु हुने रात्रिभोजमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । सो रात्रिभोजमा नेपाली समुदाय, कूटनीतिक क्षेत्र र मिडियाकर्मीलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्ड पटेल मार्गस्थित होटल आईटीसी मौर्यमा बस्नेछन् । प्रधानमन्त्रीसहित सरकारी ४४ जनाको टोलीलाई सोही होटमा बासको व्यवस्था मिलाइएको छ । सोही होटलमा डोभाल प्रधानमन्त्रीलाई भेट्न पुग्नेछन् भने सोअघि भारतीय विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्रीलाई भेट्नेछन् ।
प्रधानमन्त्रीको उच्च्स्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ ।