गृहपृष्ठ Featured पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु

पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु

परासी । 

नवलपरासीको रामग्राम नगरपालिका–१० नदुवामा रहेको माछापोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। अर्की बालिकाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा खोटाङको दिपरुङ गाउँपालिका–२ घर भई हाल नदुवाको पेप्सी कोला फ्याक्ट्रीमा काम गर्ने लेखराज खत्रीकी ११ वर्षीया छोरी युनिषाको मृत्यु भएको हो।

अर्की ७ वर्षीया मुना खत्रीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए।

मृत्यु हुने र गम्भीर अवस्थामा रहेकी बालिका खत्रीका छोरी हुन्। घटना सोमबार १२ बजेको हो। खत्रीका दम्पत्ति दुवै जना फ्याक्ट्रीमा  काम गर्न गएको र अत्यधिक गर्मी भएका कारण उनीहरू डुल्दै पोखरीमा पौडी खेल्न जाँदा घटना भएको प्रहरीले जनाएको छ।

पोखरीमा पानीको छ्याप्लाङ छुप्लुङ गरेको देखेपछि माछा पोखरीका धनीले उद्धार गरी निकालेका थिए। त्यस क्रममा एक जनाको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको र गम्भीर अवस्थामा रहेकी अर्कीको थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार