गृहपृष्ठ Featured पाल्पाको रिडी खोलामा लडेर एक जनाको मृत्यु

पाल्पाको रिडी खोलामा लडेर एक जनाको मृत्यु

प्रकाशित मिति:

पाल्पा ।

रैनादेवी छहरा गाउँपालिका–१ वर्दीस्थित रिडी खोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ।

छत्रकोट गाउँपालिका–५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

खोला किनारमा हिंडिरहेका उनी दिउँसो करिब एक बजे अचानक लडेका थिए। उनी ६ मिटर तल खोलामा खसेका ​कुमालको घटनास्थलमै मृत्यु भएको थापाले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार