गुल्मी ।
गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएको छ । बाहिरी जिल्लाबाट बिरुवा भित्रिने तर जिल्ला भित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी लगायतका बिरुवाहरु बिक्री हुन सकेका छैनन् । कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादनमा लागेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज वीरबहादुर कार्की राजनीतिसँगै कृषि पेशामा पनि क्रियाशील छन् । उनले माओवादी जनयुद्धदेखि नै केही गरेर खानुपर्छ भन्ने उद्देश्यले कृषि पेशा अंगालेको बताए ।