गृहपृष्ठ Featured भारतको जितको सम्भावना कायम !

भारतको जितको सम्भावना कायम !

प्रकाशित मिति:

भारतले वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलमा अस्ट्रेलियाविरुद्ध अविश्वसनीय जितको सम्भावनालाई शनिबार कायम राखेको छ । ओभलमा चौथो दिनको खेल समाप्त हुँदा भारतले तीन विकेटमा १ सय ६४ रन बनाएको छ ।

जितका लागि ४ सय ४४ रनको लक्ष्य पाएको भारतले अब अन्तिम तथा पाँचौं दिन कीर्तिमान जितका लागि थप २ सय ८८ रन बनाउनु पर्नेछ । स्टार ब्याटर कोहली ४४ रन बनाएर खेलिरहेका छन् ।

उनलाई २० रन बनाएका अजिन्के रहाने साथ दिइरहेका छन् ।

त्यस अगाडि अस्ट्रेलियाले आठ विकेट गुमाएर २ सय ८० रनको स्थितिमा आफ्नो दोस्रो इनिङ्स टुंगेको घोषणा गरेको थियो ।

सम्बन्धित् समाचार