गृहपृष्ठ Featured प्रधानन्यायाधीश कार्कीले लिए शपथ

प्रधानन्यायाधीश कार्कीले लिए शपथ

काठमाडौं ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

कार्कीले केहीबेरमै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।

प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगका प्रमुखहरू,  न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षाप्रमुखहरूको उपस्थिति थियो ।

यसअघि आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

सम्बन्धित् समाचार