गृहपृष्ठ Featured दाङमा जिप दुर्घटना : १ को मृत्यु, ९ घाइते

दाङमा जिप दुर्घटना : १ को मृत्यु, ९ घाइते

प्रकाशित मिति:

राप्ती राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिकाका लागि छुटेको रा१ज ५५६ नम्बरको जिप राप्ती राजमार्गको दाङ क्षेत्रको लाहुरेचौरमा शुक्रबार बिहान १० बजेतिर दुर्घटना भएको हो ।

जिप दुर्घटना हुँदा चालक रोल्पाको गंगादेव गाउँपालिका-१ ओत बस्दै आएका वर्ष ४० का बिष्णु पुनमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । उनले दुर्घटनामा सख्त घाइते भएका गंगादेव गाउँपालिका-१ का वर्ष २३ का बलबहादुर ओली, वर्ष ३२ की गौसरा ओली, तुलसीपुर नगरपालिका-१५ का वर्ष ३३ का खुसीराम चौधरी घाइते भएको जनाए ।

यस्तै सल्यानको छत्रेस्वरी गाउँपालिकाकी वर्ष २१ की गीता बिक, उनका वर्ष ७ का छोरा पवन, छोरी वर्ष ६ की स्नेहालाई नेपालगन्ज लगिएको र उनीहरुको नर्सिङ होममा उपचार भएको उनले बताए । प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घाइते भएका गंगादेव गाउँपालिका-१ का वर्ष ४२ का दुलबहादुर ओली, वर्ष २० की रीता डाँगी र भारतको कोलकाता बस्ने वर्ष ३० का सद्दाम हुसेनको तुलसीपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

तीव्रगतिका कारण जिप दुर्घटना भएको प्रहरीको अनुमान छ । जिप सडकदेखि करिब सय मिटर तल खोला किनारमा खसेको प्रनाउ गौतमले बताए ।

सम्बन्धित् समाचार