बुटवल ।
बुटवल उपमहानगरपालिका- ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु फेला पारि नष्ट गरिएको छ। बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट ठ्ुलो परिणाममा अखाद्य बस्तु फेला पारी नष्ट गरिएको हो ।
बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल , डेरी व्यवयासी संघ, नगरप्रहरी र सञ्चारकर्मी सहितको टोलीले बुधबार बिहान बुटवलका बिभिन्न क्षेत्रमा खुल्ला रुपमा बिक्रि बितरण भईरहेका दुधहरुको गुणस्तर र अन्य डेरिहरुको अनुगमन गरेको थियो ।
सोही क्रममा मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट अखाद्य भईसकेका करिब ३० केजी समाग्री नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखा प्रमुख ठगीश्वर पोखरेलले जानकारी दिए ।







