गृहपृष्ठ Featured स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु

स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ को शुभश्री बैंक्वेटको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार शनिबार साढे ३ बजे पौडी खेल्ने क्रममा डुबेर मूलपानीका १९ वर्षीय प्रभास अधिकारी गम्भीर घाइते भएका थिए । तत्काल उद्दार गरेर उपचारका लागि मदरल्याण्ड अस्पतालमा लगिएकामा थप उपचारका लागि सिभिल अस्पताल रिफर गरिएको थियो ।

बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा ४ः४५ बजे उनको मृत्यु भएको रिजालले बताए ।

उनको उपचारका लागि सँगै गएका दोलखा घर भइ मुलपानी बस्ने १९ वर्षीय सुरेन्द्र दाहाल पनि अस्पतालमा बेहोस भएका थिए । उनको थप उपचार भइरहेको छ ।

सम्बन्धित् समाचार