गृहपृष्ठ खबर कपिलवस्तुको शुद्धोधनमा उपप्रमुखले नै मागे प्रमुख प्रशासकीय अधिकृतसगँ सुचना

कपिलवस्तुको शुद्धोधनमा उपप्रमुखले नै मागे प्रमुख प्रशासकीय अधिकृतसगँ सुचना

प्रकाशित मिति:

चेतन विष्ट, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँकार्यपालिकाका उपप्रमुखले नै प्रमुख प्रशासकीय अधिकृत सगँ सुचना माग गरेका छन ।

उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) ले स्पष्ट खुलाई दिन माग गर्दै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई निवेदन पेश गरेका हुन ।

गाउँपालिका भित्र रहका कुनै पनि शाखाको कुनै पनि कार्यक्रमको बारेमा सुचना नदिनुको कारण के हो ? भन्दै उपाध्यक्ष कुर्मीले प्रश्न गरेका छन । कि गाउँपालिका उपाध्यक्षको हक अधिकार भित्र छैन स्पष्ट लिखित जवाफ उपलब्ध गराई दिनुहुन अनुरोध छ ।

यसरी एउटै पालिकाभित्र सुचनाको माग गर्दै निवेदन पठाएपछि पालिका भित्र तिक्तता आएको सहजै बुझ्न सकिन्छ । उपप्रमुख कुर्मीले सामाजिक सञ्जाल बाट पोष्ट समेत गरेका छन ।

यता प्रमुख प्रशासकिय अधिकृतले भने उपप्रमुखले बिना कारण निउ खोजेको आरोप लगाउनु भएको छ ।

यस्तो छ सुचना मागेको पत्र

सम्बन्धित् समाचार