गृहपृष्ठ Featured निउँ खोज्न, बिउ चाहीदैँन, उप प्रमुखले निउँ खोजेका हुन : ज्ञवाली

निउँ खोज्न, बिउ चाहीदैँन, उप प्रमुखले निउँ खोजेका हुन : ज्ञवाली

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले उप प्रमुख होम प्रकाश चौधरी (कुर्मी) ले पालिकाको बिकासमा निउँ खोजेको बताएका छन ।

शुद्धोधन गाउपालिकामा उपप्रमुखले नै प्रमुख प्रशासकीय अधिकृत सगँ सुचना माग गरेका छन ।

उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) ले स्पष्ट खुलाई दिन माग गर्दै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई निवेदन पेश गरेका हुन ।

यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई के हो घटनाक्रम भनि प्रश्न गर्दा उनले निउँ खोज्न बिउ चाहीदैन, उप प्रमुखले निउ खोज्नु भएको हो भनी जवाफ दिएका छन ।

“हामी नियम अनुसारनै काम गरी रहेका छौ सबैसगं सहकार्य गरेर अगाडी जादैछौँ तर उहालाई खै के मन परेको छैन, निउँ खोज्न थाल्नु भएको छ ” प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

गाउँपालिका भित्र रहका कुनै पनि शाखाको कुनै पनि कार्यक्रमको बारेमा सुचना नदिनुको कारण के हो ? भन्दै उपाध्यक्ष कुर्मीले प्रश्न गरेका छन । कि गाउँपालिका उपाध्यक्षको हक अधिकार भित्र छैन स्पष्ट लिखित जवाफ उपलब्ध गराई दिनुहुन अनुरोध छ ।

यसरी एउटै पालिकाभित्र सुचनाको माग गर्दै निवेदन पठाएपछि पालिका भित्र तिक्तता आएको सहजै बुझ्न सकिन्छ । उपप्रमुख कुर्मीले सामाजिक सञ्जाल बाट पोष्ट समेत गरेका छन ।
यस्तो छ सुचना माग गरेको पत्र

 

सम्बन्धित् समाचार