गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकाको भ्रमण टोली स्पेनमा : उपलब्धिमूलक बन्दै भ्रमण

लुम्बिनी साँस्कृतिक नगरपालिकाको भ्रमण टोली स्पेनमा : उपलब्धिमूलक बन्दै भ्रमण

प्रकाशित मिति:

वैखरी अनलाइन, बुटवल ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली अहिले स्पेन भ्रमणमा छ । नगर प्रमुख सजरुद्दिन मुसलमानको नेतृत्वमा उक्त भ्रमण टोली स्पेन गएको हो । १० दिने स्पेन भ्रमणका लागी गएको उक्त टोलीमा नगरप्रमुखसहित नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेय, लेखा अधिकृत रामचन्द्र अर्याल, समन्वय अधिकृत तुल्सीराम लामिछाने छन् । जुन भ्रमण टोलीले स्पेनका विभिन्न स्थानमा रहेका सरोवालाहरुसंग विभिन्न चरणमा भेटघाट तथा छलफल गरेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगी संस्थाका रुपमा रहेको लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका पदाधिकारीहरुसंग महत्वपुर्ण छलफल भएको नगरप्रमुख मुसलमानले वैखरीलाई जानकारी दिए । त्यस क्रममा समन्वय, सहकार्यका बारेमा छलफल भएको जानकारी दिदैं उनले लुम्बिनीमा बन्ने अस्पतालको डिपिआरको प्रस्तुतिकरण र छलफल भएको बताए । स्पेनका लागी नेपाली राजदुत सिर्जना पराजुलीसंग भेटघाट भएको भ्रमण टोलीका सदस्य लेखा अधिकृत रामचन्द्र अर्यालले जानकारी दिए ।

उनले सो क्रममा लुम्बिनीको स्पेनसहित युरोपमा नै प्रचार प्रसार गरि पर्यटन प्रवर्द्धन र विकासका लागी अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदान प्रदान गर्न सहयोग र सहजीकरण गर्नका राजदुत पराजुली अनुरोध गरिएको बताए ।

राजदुत पराजुलीले लुम्बिनीको प्रचारप्रसार अन्तर्राष्ट्रिय स्तरमा थप आवश्यक देखिएको बताएकी थिईन् । उनले आगामी दिनमा सरोकारवालाको सहकार्यलाई प्रथामिकतामा राख्ने बिषयलाई ध्यान दिन मार्गनिर्देशन गर्नुका साथै दुतावासबाट लुम्बिनी सास्कृतिक नगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिईन् ।

सम्बन्धित् समाचार