गृहपृष्ठ Featured अर्घाखाँचीमा पहिरोले पुरिदाँ एकै घरका ३ जना बालबालिकाको मृत्यु

अर्घाखाँचीमा पहिरोले पुरिदाँ एकै घरका ३ जना बालबालिकाको मृत्यु

अर्घाखाँची ।

पहिरोले पुर्दा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका–१ गोवनपानीमा माथिबाट खसेको पहिरोले घर पुर्दा १२ वर्षीय खुमबहादुर राष्कोटी, ११ वर्षीय अञ्जु राष्कोटी र १० वर्षीय धनबहादुर राष्कोटीको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले बताए ।

सख्त घाइते १४ वर्षीय सचिन राष्कोटीलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

बिहान ८ बजेतिर एक्कासि घरमाथिबाट पहिरो खसेको र चार जना पुरिएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । पुरिएका चारै जनालाई प्रहरी र स्थानीयले पहिरोबाट निकालेका थिए ।

रातभरको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर भत्किएको उनले बताए ।

 

सम्बन्धित् समाचार