गृहपृष्ठ Featured कपिलवस्तुका रायमाझी सुटिङ संघको उपाध्यक्षमा निर्विरोध चयन

कपिलवस्तुका रायमाझी सुटिङ संघको उपाध्यक्षमा निर्विरोध चयन

प्रकाशित मिति:

नेपाल सुटिङ संघको साधारणसभा तथा निर्वाचनले पुष्पदास श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिँदै १४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा ‘घिसिङ’, उपाध्यक्षमा कपिलवस्तुका ध्रुवबहादुर रायमाझी, भगवती खत्री, नरेन्द्र थापा र निरञ्जनकुमार रेग्मी, महासचिवमा प्रदीप खाती, सचिवमा रुपक तामाङ र कोषाध्यक्षमा सतिश श्रेष्ठ निर्विरोध चुनिए । अन्जु दवाडी, शशिकला मानन्धर, झुमा निरौला गौतम, निर्मला थापा र बदरुद्दिन अन्सारी सदस्यमा चयन भए ।

अध्यक्षले श्रेष्ठले उपेन्द्रकेशरी न्यौपाने, राजु दर्शन र ज्ञानेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनीत गरेका छन् ।

सम्बन्धित् समाचार