गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकाको भ्रमण टोली र स्पेन एक्स्त्रेमादुराका मुख्यमन्त्रीबीच भेट

लुम्बिनी साँस्कृतिक नगरपालिकाको भ्रमण टोली र स्पेन एक्स्त्रेमादुराका मुख्यमन्त्रीबीच भेट

वैखरी अनलाईन, बुटवल ।

स्पेन भ्रमणमा रहेको रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली र स्पेन एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्रीबीच भेटघाट भएको छ । मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री गुयलेरमो फर्नांडीज वारासंग भएको भेटघाटमा लुम्बिनी साँस्कृतिक नगरपालिकासंगको सम्बन्ध विस्तार, सहकार्य, समन्वय र अनुभव आदानप्रदान भएको भ्रमण टोलीका सदस्य लेखा अधिकृत रामचन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार त्यस क्रममा मुख्यमन्त्री वाराले लुम्बिनीको प्रचारप्रसार, पर्यटन विकास र क्यारिज सिटीमा बन्ने लुम्बिनी बुद्ध गार्डेन प्रोजेक्टलाई सफल बनाउन प्रदेश सरकार र व्यक्तिगत रुपमा पनि साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

नगर प्रमुख सजरुद्दिन मुसलमानको नेतृत्वमा उक्त भ्रमण टोली स्पेन गएको हो । १० दिने स्पेन भ्रमणका लागी गएको उक्त टोलीमा नगरप्रमुखसहित नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेय, लेखा अधिकृत रामचन्द्र अर्याल, समन्वय अधिकृत तुल्सीराम लामिछाने छन् ।

जुन भ्रमण टोलीले स्पेनका विभिन्न स्थानमा रहेका सरोवालाहरुसंग विभिन्न चरणमा भेटघाट तथा छलफल गरिरहेको छ ।

सम्बन्धित् समाचार