गृहपृष्ठ Featured मौसम पूर्वानुमानः मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति:

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर  सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै  र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिक देखी सामान्य बदली रहनेछ देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ।दिउँसो  मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना  रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको उल्लेख गरेको छ।

रातिपनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको  महाशाखाले जनाएको छ।

 

त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने  महाशाखाले बताएको छ। त्यसकारण भारी वर्षा,मेघ-गर्जन/चट्याङ्ग ,गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका  कारण  हुनसक्ने  जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित् समाचार