गृहपृष्ठ Featured बाणगंगाको जनता मावि पिपरा प्रदेशमै अब्बल सावित, ७० जना बिद्यार्थीले ल्याए “ए प्लस ”

बाणगंगाको जनता मावि पिपरा प्रदेशमै अब्बल सावित, ७० जना बिद्यार्थीले ल्याए “ए प्लस ”

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका २ पिपरामा रहेको जनता माध्यमिक बिद्यालय लुम्बिनि प्रदेशमै अब्बल बिद्यालयका रुपमा सावित भएको छ । बिद्यालयले हरेक बिद्यार्थीलाई सक्षम बनाउनँ सके मात्र समग्र बिद्यालयको गुणस्तरीयता बढने भन्दै अहिले बिद्यालयले सबै बिद्यार्थीलाई केन्द्रित गरी कक्षा सञ्चालन गरेपछि जनता मावि लुम्बिनि प्रदेशकै अब्बल शैक्षिक हवका रुपमा स्थापित भएको हो ।

जनता माध्यमिक विद्यालय पिपराले एस.ई.ई. नतिजा २०७९ मा पनि सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयले दाबी गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्कृष्ट छवि बनाएको जनताले ७० जना विद्यार्थीहरुलाई ए प्लस ग्रेडमा उत्तीर्ण गराउन सफल भएको विद्यालय प्रधानाध्यापक रमेश पन्थीले वैखरी अनलाइनलाई बताए । यती ठुलो संख्यामा बिद्यार्थीलाई ए प्लसमा पास गराउने जनता मावि प्रदेशकै पहिलो भएको दावि बिद्यालयले गरेको छ ।

जसमा ६ जना विद्यार्थीले ३.९ जि.पि.ए प्राप्त गरेको प्रधानाध्यापक रमेश पन्थीले बताए । विद्यालयका ९७ जनाले ए ग्रेड र अन्य सबै विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा उत्तीर्ण हुन सफल पन्थीले बताए ।

तीन वर्षे प्राविधिक शिक्षा र कपिलवस्तुमा पहिलो विज्ञान विषयका कक्षा संचालन गरेको विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिएको अंग्रेजी माध्यमका कोर्डिनेटर उज्ज्वल अधिकारीले बताए । अधिकारीले प्ले ग्रुपदेखि डिप्लोमा तहसम्म अध्यापन हुने विद्यालय कपिलवस्तुका लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि उत्कृष्ट शैक्षिक गन्तव्य भएको दाबी गरे ।

सम्बन्धित् समाचार