गृहपृष्ठ Featured बाणगंगा- ४ : ‘सुन्दर हरियाली वडा बनाउने अभियानमा’

बाणगंगा- ४ : ‘सुन्दर हरियाली वडा बनाउने अभियानमा’

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका- ४ वडालाई सुन्दर हरियाली वडा बनाउने अभियानमा लागेको छ । बढ्दो वातावरण प्रदुषणलाई कम गर्दै स्वच्छ वातावरण निर्माणका लागी सुन्दर हरियाली वडा बनाउने अभियानमा लागेको वडाध्यक्ष छविरेस्मी मगरले बताएका छन् । सोही अन्तर्गत शुक्रबार चारनम्बर चोकदेखि बुद्ध हार्डवेयरसम्म सडकको दुवै पेटीमा वृक्षरोपण गरिएको छ ।

बाणगंगा नगरपालिकाकै मुख्य बजार क्षेत्र रहेको ४ नम्बर वडालाई सुन्दर हरियाली बनाउँदै विकासको गतिलाई अगाडि बढाउने गरि आफु लागेको उनको भनाई छ । बढ्दो जलवायु परिवर्तन रोक्न यस्ता कार्यक्रमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

उनले आवश्यकताका आधारमा वडाका अन्य स्थानमा समेत वृक्षरोपण गरिने बताए ।

वडाध्यक्ष रेस्मीले चारनम्बर चोकदेखि गजेहडा चोकसम्म सडक बत्ती जडानको काम भईरहेको समेत जानकारी दिए ।

सम्बन्धित् समाचार