वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको मनपरिले आर्थिक बर्ष २०७९/८० मा २० प्रतिशत मात्र रकम भुक्तानी भएको छ । प्रमुख प्रशासकीय अधिकृत बिकास न्यौपाने भुक्तानी गर्ने अन्तीम समयमा आफुले भनेको अनुसार नभएको भन्दै २४ गते दिउसो १२ बजेबाट कार्यलयबाट गायब भएका थिए ।
उनी सो दिन जिल्ला प्रशासन कार्यलय गई बसेको स्थानिय उपभोक्ता समितिका पदाधिकारी बताउछन । आफनै लगानी गरी योजना सम्पन्न गरेका उपभोक्ता समिति मारमा परेका छन । प्रमुख प्रशासकीय अधिकृतले कमिशन खान खोज्ने तर नपाएपछि उनी तनावको नाममा २४ गते त्यसरी गायब हुनुले पनि शंका उत्पन्न गरेको छ ।
यस बिषयमा प्रमुख प्रशासकीय अधिकृतसगं कुराकानी गर्न खोज्दा उनले २ दिनबाट मोबाइल स्वीच अफ गरी बसेका छन ।
यसरी रकम भुक्तानी नहुदा नगरपालिका २ बर्ष पछि पर्ने सरोकारवाला बताउछन । आएको तथा खातामा भएको रकम समेत भुक्तानी हुन नपाएपछि अर्को बर्ष दायित्व बढेर गएको छ ।
उनी सो दिन साझ ७ बजे मात्र नगर प्रमुख रजत प्रताप शाहको सम्र्पकमा आएको नगर प्रमुख शाहले वैखरी अनलाइनलाई बताए ।
भुक्तानी गर्ने अन्तीम समयमा प्रमुख प्रशासकीय अधिकृत गायब हुनाले कृष्णनगर नगरपालिकाले ८० प्रतिशत रकम भुक्तानी गर्न बाकी रहेको छ । ८० प्रतिशत रकम भुक्तानी गर्न बाकी भएपछि अहिले नगर प्रमुख रजत प्रताप शाह तनावमा छन ।
उनले राज्यको नितिनै गलत भएको भन्दै यस बिषयमा आफु मन्त्रालय जाने नगर प्रमुख शाहले बताए ।








