गृहपृष्ठ Featured गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

प्रकाशित मिति:

गुल्मी । 

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बेगबहादुर बलालकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार बुधबार साँझ ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते हुनुभएको थियो । घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएको थियो ।

घाइते टीकाको उपचारको क्रममा बुधबार साँझ १० बजे मृत्यु भएको बुर्तिबाङ स्वास्थ्य केन्द्रले घोषणा गरेको थियो ।

सम्बन्धित् समाचार