महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासिस एण्ड भास्कुलर सेन्टरका फार्मेसी प्रमुख अमृत पोख्रेल अस्पतालभित्रै मृत अवस्थामा फेला परेका छन् ।
सेन्टरको दुई तल्लमाथि स्टोर रुमको भर्याङमा अर्घाखाँचीको शितगंगा नगरपालिका- १० हर्रेका ३५ वर्षीय पोख्रेल मृत भेटिएका हुन् । पोख्रेल घाँटीमा पासो लगाएर झण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए ।
उनका अनुसार पोख्रेल शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा मृत भेटिएका थिए । पोख्रेल घरबाट ड्युटीका लागि बिहान अस्पताल आएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








