गृहपृष्ठ Featured कपिलवस्तुका काग्रेस नेताको अर्थमन्त्रीसगं छलफल

कपिलवस्तुका काग्रेस नेताको अर्थमन्त्रीसगं छलफल

वैखरी अनलाइन, भैरहवा
नेपाल सरकारका अर्थमन्त्री प्रकाश शरण महतसगं नेपाली कांग्रेस कपिलवस्तुका नेताले भेटेर छलफल गरेका छन । रुपन्देहीको भैरहवामा अर्थमन्त्री महतसगं कपिलवस्तुका कांग्रेस नेताले भेटघाग गरेका हुन ।

भेटघाटका क्रममा नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम खाँ ,नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ, काग्रेस नेता राजेश ज्ञवालीले अर्थमन्त्रीसगं समग्र कपिलवस्तुको बिकासको बारेमा जानकारी गराएका थिए ।

साथै सो अवसरका कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले जिल्लामा ठुला योजना दिन अर्थमन्त्रीसगं माग गरेका थिए ।
शिक्षा, स्वास्थ्य, सडकका क्षेत्रमा बजेट माग गरिएको केशव कुमार श्रेष्ठले बताए ।

सो अवसरमा कपिलवस्तुको बिकासमा आफुले प्राथमिकताका साथ हेरेको र सक्दा सहयोग गर्ने प्रतिबद्धता अर्थमन्त्री गरेको कागेंस नेता राजेश ज्ञवालीले बताए ।

 

सम्बन्धित् समाचार