गृहपृष्ठ Featured महिला विश्वकप फुटबलमा इंगल्याण्डको लगातार दोस्रो जित

महिला विश्वकप फुटबलमा इंगल्याण्डको लगातार दोस्रो जित

काठमाडौं । 

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार इंगल्याण्डले डेनमार्कलाई पराजित गरेको छ।​ एलिनाज स्टेडियम सिड्नीमा भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा इंगल्याण्ड १–० गोलले विजयी भएको हो।

इंगल्याण्डको जितमा खेलको छैटौं मिनेटमै लाउरेन जेम्सले गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै इंगल्याण्ड ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। ३ अंकसहित डेनमार्क तालिकाको दोस्रो स्थानमा छ।

अब इंगल्याण्डले समूह चरणको अन्तिम खेलमा चीनसँग प्रतिस्पर्धा गर्नेछ भने डेनमार्कले हाइटीसँग खेल्नेछ। समूह चरणको पहिलो खेल हारेका चीन र हाइटी क्रमश: तेस्रो र चौथाे स्थानमा रहेका छन्।

सम्बन्धित् समाचार