दाङ ।
रोल्पामा विषालु च्याउको खाँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका- ५ बुझिङकी २६ वर्षीया बिमला बिक रहेकी छन् । विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेको थियो । शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।








