गृहपृष्ठ खबर कपिलवस्तुको शिवराजमा महिला कर्मचारी माथि बलत्कार प्रयास

कपिलवस्तुको शिवराजमा महिला कर्मचारी माथि बलत्कार प्रयास

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा एक महिला कर्मचारीमाथि नै शुक्रबार राति बलत्कार प्रयास भएको खुल्न आएको छ । नगरपालिकाकाले संचालन गरेको आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका वडा नं ३ निवासी युवक भुवन पाण्डेले महिला कर्मचारी माथि बलत्कारको प्रयास गरेको बताईएको छ ।

नाईट डिउटीमा खटिएका ति महिला कर्मचारी माथि बलत्कार प्रयास भएको हो ।

उनीहरुले शुक्रबार राति करिब १ बजे मदिरा सेवन गरी ति महिला कर्मचारीलाई कपडा खोल, यहाँ सुत भन्दै जबरजस्ती गरेको पिडितले बताईकी छिन् । महिला कर्मचारीहरुले रोइ कराई गरेको बताएका छन । आरोपित पौडेल र पाण्डे सम्पर्क विहिन छन् ।

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विवादित स्वास्थ्य कर्मी पौडेललाई साउन १ गतेबाट आधारभुत स्वास्थ्य केन्द्रको जिम्मेवारी दिएका थिए । मेयर थापाको ठाडो आदेशबाट स्वास्थ्यकर्मी पौडेललाई आधारभुत स्वास्थ्य केन्द्रको प्रमुख तोकिएको थियो ।

घटना शुक्रबार रातीको भएपनि मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले लुकाएको पिडित स्वास्थ्यकर्मीले आरोप लगाईकी छिन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले यस विषयमा कुनै जानकारी नभएको बताए ।

यसैबीच नगरपालिकाका मेयर अजय थापाले सत्यतथ्य छानबिन गरि दोषिलाई कनुनी दायरामा ल्याइने बताएका छन् । उनले घटनासंग नाम जोडिएका स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारीबाट हटाई अनुसन्धान कार्यलाई अधि बढाइएको जानकारी गराएका छन् ।

उनले महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा सैह्य नहुने समेत चेतावनी दिएका छन् ।

सम्बन्धित् समाचार