गृहपृष्ठ खबर कपिलवस्तुको शिवराजमा महिला कर्मचारी माथि बलत्कार प्रयास

कपिलवस्तुको शिवराजमा महिला कर्मचारी माथि बलत्कार प्रयास

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा एक महिला कर्मचारीमाथि नै शुक्रबार राति बलत्कार प्रयास भएको खुल्न आएको छ । नगरपालिकाकाले संचालन गरेको आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका वडा नं ३ निवासी युवक भुवन पाण्डेले महिला कर्मचारी माथि बलत्कारको प्रयास गरेको बताईएको छ ।

नाईट डिउटीमा खटिएका ति महिला कर्मचारी माथि बलत्कार प्रयास भएको हो ।

उनीहरुले शुक्रबार राति करिब १ बजे मदिरा सेवन गरी ति महिला कर्मचारीलाई कपडा खोल, यहाँ सुत भन्दै जबरजस्ती गरेको पिडितले बताईकी छिन् । महिला कर्मचारीहरुले रोइ कराई गरेको बताएका छन । आरोपित पौडेल र पाण्डे सम्पर्क विहिन छन् ।

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विवादित स्वास्थ्य कर्मी पौडेललाई साउन १ गतेबाट आधारभुत स्वास्थ्य केन्द्रको जिम्मेवारी दिएका थिए । मेयर थापाको ठाडो आदेशबाट स्वास्थ्यकर्मी पौडेललाई आधारभुत स्वास्थ्य केन्द्रको प्रमुख तोकिएको थियो ।

घटना शुक्रबार रातीको भएपनि मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले लुकाएको पिडित स्वास्थ्यकर्मीले आरोप लगाईकी छिन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले यस विषयमा कुनै जानकारी नभएको बताए ।

यसैबीच नगरपालिकाका मेयर अजय थापाले सत्यतथ्य छानबिन गरि दोषिलाई कनुनी दायरामा ल्याइने बताएका छन् । उनले घटनासंग नाम जोडिएका स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारीबाट हटाई अनुसन्धान कार्यलाई अधि बढाइएको जानकारी गराएका छन् ।

उनले महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा सैह्य नहुने समेत चेतावनी दिएका छन् ।

सम्बन्धित् समाचार