गृहपृष्ठ खबर रोजगारीका लागि पोर्चुगल गएका अर्घाखाँचीका एक युवा तीन महिनादेखि सम्पर्कविहीन

रोजगारीका लागि पोर्चुगल गएका अर्घाखाँचीका एक युवा तीन महिनादेखि सम्पर्कविहीन

सन्धिखर्क : अर्घाखाँचीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि बेपत्ता भएका छन्।

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका-६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा झविराम दमासेले बताए।

बेपत्ता भएका छोराको खोजी गरिदिन उनले आग्रह पनि गरेका छन्। बेपत्ता छोराको खोजी गरिदिन बुबाले सबैलाई आग्रह गरेका छन्।

विगत ढाई वर्षदेखि रोजगारीका लागि पोर्चुगल गएका उनी तोरेस भेदरस भन्ने स्थानमा बसेर काम गर्दै आएको श्रीमती मिरा दमासेले बताइन्।

सम्बन्धित् समाचार