वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा सैह्य नहुने चेतावनी दिएका छन् । नगरपालिकामा एक महिला कर्मचारी माथि बलत्कार प्रयास भएको भन्ने विषयलाई लिएर उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले सो घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कनुनी दायरामा ल्याइने बताएका छन् । उनले घटनासंग नाम जोडिएका स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारीबाट हटाई अनुसन्धान कार्यलाई अधि बढाइएको जानकारी गराएका छन् ।
‘सत्यतथ्य छानबिन गरि दोषिलाई कनुनी दायरामा ल्याइनेछ। घटना संग नाम जोडिएका स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारी बाट हटाई अनुसन्धान कार्यलाई अधि बढाइएको जानकारी गराउदछु। महिला माथी हुने कुनै पनि प्रकारका हिंसा सैय छैन।’ मेयर थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
यो पनि पढ्नुहोस् :