गृहपृष्ठ Featured बाणगंगाका वरिष्ठ समाजसेवी आचार्यको निधन

बाणगंगाका वरिष्ठ समाजसेवी आचार्यको निधन

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा क्षेत्रका वरिष्ठ समाजसेवी शंकर प्रसाद आचार्यको निधन भएको छ । बाणगंगा नगरपालिका- २ पिपरा निवासी आचार्यको विहिबार काठमाडौंमा निधन भएको हो ।

मृतक आचार्य तत्कालीन कपिलवस्तु व्यापार संघ (हालको कपिलवस्तु उद्योग बाणिज्य संघ) का पुर्वअध्यक्ष समेत हुन् ।

विगत केही बर्षदेखि काठमाडौंको बसुन्धरामा बस्दै आएका मृतक आचार्य क्यान्सर रोगबाट ग्रसित थिए ।

मृतक आचार्य समाजसेवी स्व. लोकनाथ आचार्यज्यूका जेष्ठ सुपुत्र हुन् ।

सम्बन्धित् समाचार