गृहपृष्ठ Featured शुद्धोधन गाउँपालिकाद्धारा छाडा चौपाया व्यवस्थापनका लागी ४० लाख बजेट बिनियोजन

शुद्धोधन गाउँपालिकाद्धारा छाडा चौपाया व्यवस्थापनका लागी ४० लाख बजेट बिनियोजन

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले छाडा चौपाया व्यवस्थापनका लागी ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । कपिलवस्तुका हरेक स्थानीय तहका लागी मुख्य चुनौतिका रुपमा देखिरहँदा शुद्धोधनले छाडा चौपाया व्यवस्थापन ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो ।

८ औं गाउँ सभामार्फत छुट्टा छुट्टै ३ शीर्षकमा गरी ४० लाख बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले वैखरीलाई बताए ।
जिल्ला समन्वय समितिको अनुवाईमा हुने छाडा चौपाया ब्यवस्थापनमा २० लाख,, गाउँपालिकको वडा नम्बर १ देखि ६ सम्मका लागि छाडा चौपाया ब्यवस्थापनमा १५ लाख र माधव कामधेनु गौशाला कपिलवस्तुका लागि ५ लाख बजेट बिनियोजन गरिएको उनले जानकारी दिए ।

उनले जिल्लाकै चुनौतीका रुपमा देखा परेको छाडा चौपया ब्यवस्थापनमा आफुहरु गम्भिर भएर लागेको बताए । उनले जिल्लाभरीको पालिका मिलेर तथा आफ्नै पालिकोको प्रयासमा समेत छाडा चौपाया ब्यवस्थापन गरिने बताए ।

छाडा चौपाया व्यवस्थापन नहुदाँ गाउपालिकावासीले विभिन्न सास्ति खेप्नु परेको बताउँदै उनले भने, ‘हामी यस समस्याप्रति गम्भिर नै छौं । सरोकारवालाहरुसंग सहकार्य गरेर समाधान गछौं ।’

सम्बन्धित् समाचार