गृहपृष्ठ Featured साउदी अरब पुगे नेयमार

साउदी अरब पुगे नेयमार

प्रकाशित मिति:

काठमाडौं ।

स्टार खेलाडी नेयमार पनि साउदी अरब पुगेका छन् । क्लब फुटबलका लागि उनी पेरिस सेन्ट जर्मनबाट साउदी पुगेका हुन् । यसअघि क्रिष्टियानो रोनाल्डो लगायतका अरू स्टार पनि त्यहाँ आइसकेका छन् ।

नेयमारले साउदीको क्लब अल हिलालसँग २ वर्षको सम्झौता गरेका छन् ।

सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र कमर्सियल डिलमार्फत ४०० मिलियन पुग्ने घोषणा गरिएको छ ।
पीएसजीमा आउँदा सन् २०१७ मा नेयमारले २०० मिलियन पाउन्डमा सम्झौता गरेका थिए ।

त्यतिबेलाको त्यो सर्वाधिक महँगो सम्झौता रहेको थियो ।

सम्बन्धित् समाचार