गृहपृष्ठ Featured मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ : मुख्यमन्त्री चौधरी

मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ : मुख्यमन्त्री चौधरी

रुपन्देही । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडिया कमजोर हुँदा सरकार पनि कमजोर बन्ने भएकाले सरकार मिडियाको विकासमा संवेदनशील रहेको बताएका छन् । उनले मिडिया बलियो नभएसम्म प्रदेश पनि समृद्धि बन्न नसक्ने बताए ।

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको विकासमा मिडियाको भूमिका’ विषयक मिडिया सम्मेलनमा बोल्दै उनले लुम्बिनी प्रदेश सरकार मिडिया क्षेत्रको विकास गरेर मात्र प्रदेशको आर्थिक एवं सामाजिक विकास हुन्छ भन्नेमा प्रतिबद्ध रहेको बताए । उनले आफू पनि मिडियाले नै कमैया मुक्ति आन्दोलनबाट उठाएर अहिलेको अवस्थामा ल्याएको भन्दै मिडियाको विकास र सहयोगका लागि आफूले १२ करोड विनियोजन पनि गरेको बताए ।

‘लुम्बिनीका मिडिया कमजोर भए सरकार पनि कमजोर बन्छ, त्यसमा म पूर्ण जानकार र विश्वस्त छु,’ उनले भने, ‘त्यसैले पहिला मिडियाको विकास गरेर मात्र सरकार बलियो हुन्छ र बलियो सरकारले मात्र विकासको गति लिन सक्नेछ ।’ उनले मिडिया कमजोर भएको अवस्थामा सरकारका कमजोर पनि लुक्ने बताए ।

सरकारका कमजोरी बाहिर ल्याइदिन आग्रह गर्दै उनले मिडियाले सरकारको गुणगान गाउनु जरुरी नरहेको बताए । ‘तर, मिडिया कहिलेकाहीं आफ्नो दायित्व बिर्सेर यसलाई सिध्याउनु पर्छ है भनेर लाग्छ,’ उनले भने, ‘त्यसले मिडियालाई सिध्याउँछ, प्रजातन्त्र सिध्याउँछ र विकास पनि सिध्याउँछ ।’

सम्बन्धित् समाचार