गृहपृष्ठ Featured विरोधका बीच परमाणु दुषित पानी समुन्द्रमा फाल्ने जापानको निर्णय

विरोधका बीच परमाणु दुषित पानी समुन्द्रमा फाल्ने जापानको निर्णय

जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको  परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने भएको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी बिहीवारदेखि दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेको हो ।

सरकारको सो निर्णयको चौतर्फी बिरोध भइहँदा सरकारले भने दुषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको छ ।

समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरुले सरकारको निर्णयको बिरोध गरिरहेका छन् ।
जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरुले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् ।

सम्बन्धित् समाचार