गृहपृष्ठ Featured नेविसंघ कपिलवस्तु : अध्यक्षको जिम्मेवारी पोख्रेललाई

नेविसंघ कपिलवस्तु : अध्यक्षको जिम्मेवारी पोख्रेललाई

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल विद्यार्थी संघ कपिलवस्तुको अध्यक्षको जिम्मेवारी चन्द्रकान्त पोख्रेललाई दिइएको छ । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले एक पत्रमार्फत पोख्रेललाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिएका हुन् ।

‘नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जिल्लाहरुमा विवरण मागे बमोजिम मिति २०७९/१०/२१ गते प्राप्त नेपाली काँग्रेस, कपिलवस्तु जिल्लाको पत्र अनुसार र नेपाल विद्यार्थी संघ कपिलवस्तुको अध्यक्ष पद रिक्त भएकोले र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि तपाईलाई नेपाल विद्यार्थी संघ कपिलवस्तु जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ । नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु । तपाईको मनोनयनले संघलाई थप उचाई प्राप्त गर्ने विश्वास लिदै कार्यकाल सफलताको शुभकामना ।’ उक्त पत्रमा उल्लेख्य गरिएको छ ।

पोख्रेल जुझारु विधार्थी नेताका रुपमा परिचित छन् । उनले विधार्थीको हकहित र अधिकारको लागी थप शसक्त रुपमा आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेविसंघलाई सुदृढ र संगठित बनाएर अघि बढ्ने उनको भनाई छ ।

सम्बन्धित् समाचार