गृहपृष्ठ Featured पश्चिम नवलपरासीको बर्दघाटमा बस पल्टिँदा ७ जना घाइते

पश्चिम नवलपरासीको बर्दघाटमा बस पल्टिँदा ७ जना घाइते

प्रकाशित मिति:

रुपन्देही ।

पश्चिम नवलपरासीको बर्दघाटमा बस पल्टिँदा ७ जना घाइते भएका छन् । आज बिहान काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

काठमाडाैंबाट नेपालगञ्जका लागि छुटेको भे १ ख ९०११ नम्बरको रात्रिबस बर्दघाट नगरपालिका–४ को मुख्य बजार क्षेत्रमा पल्टिएको हो ।

स्तरोन्नतिको क्रममा रहेको सडकमा अत्यधिक खाल्डाखुल्डीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बसमा सवार ४० जना यात्रुमध्ये ७ जना घाइतेहरूको स्थानीय चिसापानी अस्पतालमा उपचार गराइएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बसका चालक भने बस पल्टे लगत्तै फरार भएका छन् । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

सम्बन्धित् समाचार