गृहपृष्ठ Featured बर्दिया कारागारबाट फरार कैदी पानी नाइके रहेको खुलासा

बर्दिया कारागारबाट फरार कैदी पानी नाइके रहेको खुलासा

प्रकाशित मिति:

बर्दिया ।

बर्दिया कारागारबाट आइतबार बिहान फरार कैदी अजित बुढाक्षेत्री पानी नाइके कैदी रहेको खुलासा भएको छ । करिब नौ वर्ष अघि बुढाक्षेत्री जिल्ला अदालत, बर्दियामा बयानका लागि ल्याएको अवस्थामा शौच गर्ने बहानामा हतकडीसहित फरार भएका थिए ।

ठाकुरबाबा नगरपालिका—८ का २७ वर्षीय बुढाक्षेत्री गत वर्ष प्रहरीले पक्राउ गरेको थियो । ३० वर्षको कैद सजाय भएका बुढाक्षेत्रीलाई एक वर्ष नहुँदै कारागार प्रशासनले पानी नाइके बनाएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।

सामान्यतः १–२ वर्ष सजाय हुन बाँकी रहेकालाई चौकीदार र नाइके बनाउने प्रचलन छ । कारागार प्रशासनको गम्भीर लापरबाहीले एक पटक फरार र ३० वर्ष जेल सजाय पाएका बुढाक्षेत्रीलाई एक वर्ष नहुँदै नाइके बनाइएको थियो ।

यस सम्बन्धमा कुरा गर्न खोज्दा कारागारका प्रमुख सन्तोष विकसँग सम्पर्क हुन सकेन । प्रमुख जिल्ला अधिकारी नारायण रिसालले यस विषयमा अनुसन्धान भइरहेको जनाए । अहिले अपराधीको खोजी कार्य जारी रहेकाले प्राथमिकतामा राखेको उनले बताए ।

सम्बन्धित् समाचार