कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाले गत भदौ ५ गते काठमाण्डौमा संपन्न दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलस्तुका अभय महरालाई नगर सहीत सम्मान गरेको छ । महराले मिक्स टिम ईभेन्टमा समेत नेपाललाई अभयको जाडीले कास्य पदक दिलाएका थिए ।
सोमवार नगरपालिकाले १५ हजार नगद, दोसल्ला, खादा र प्रशंसा पत्रले सम्मानित गरेको हो । मेयर सुदीप पौडल सहीत वडाध्यक्षहरुले महरालाई सम्मानित गरेका थिए । सो अवसरमा महराका बुवा एडीशन र आमा, हजुर बुवा र हजुर आमा सहीत परिवारका अन्य सदस्यहरुलाई समेत सम्मानित गरिएको थियो । मेयर पौडेलले नेपाल तथा देशलाई नै पदक दिलाएर अभयले देश कै शान उचो राखेको बताए ।
मेयर पौडेलले बुद्धनगरीलाई अभयले उपहार स्वरुप ठुलो खुशी दिएको बताए । नगरपालिका वडा नम्बर १ गाढी टोलका अभयले आफुले कक्षा १० सम्म पढदा गुरु राजेश शाक्यले ठुलो उत्साह थपेको बताए । त्यछि काठमाण्डौमा जान हजुर बुवा बसन्त महराले प्रेरणा दिएको तथा हाल आफु त्रिभु्वन आर्मी क्लवमा आवद्ध रहेको बताए ।
सो अवसरमा वडा नम्बर ३ का अध्यक्ष तथा क्रिकेट सघका जिल्ला अध्यक्ष प्रकाश गैरले अभय जस्तै खेलाडी उत्पादन गर्न ३ वटै तहका सरकारले लगानी बढाउनु पर्ने बताए । मेयर पौडेलको अध्यक्षता, पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालल लगायतको सहभागीता थियो । कपिलवस्तुका ब्याडमिन्टन खेलाडी अभय महराको जोडीले दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेको थियो ।
सशस्त्र प्रहरी बलको हलचोक स्थित कबर्डहलमा सम्पन्न फाईनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो ।








