गृहपृष्ठ Featured कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

मोरङ । 

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका नेता हिक्मत कार्कीलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका छन् । कार्कीले केहीबेरपछि पद तथा गोपनियताको शपथग्रहण गर्दै छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ ग्रहण गर्न लागेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएसम्म राप्रपा सरकारमा सहभागी नहुने राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले बताए ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना दजुवारलाई नियुक्त गरेका छन् । मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई वन वातावरण तथा पर्यटन मन्त्रालय र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यन्त्रीमा नियुक्त गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै रखेका छन् ।

सर्वोच्च अदालतले बिहीबार दिएको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुने छन् ।

सम्बन्धित् समाचार