चेतन विष्ट, कपिलवस्तु ।
पछिल्लो समय कपिलवस्तु सहित देशैभर सम्बन्धविच्छेदका घटना बढिरहेका छन । यसैबिच जिल्लाको बाणगंगा नगरपालिकामा पनि आर्थिक वर्ष २०७९/८० मा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या उल्लेख्य रुपमा बढेको देखिन्छ ।
बाणगंगा नगरपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा मात्र ७८ जनाले सम्बन्धविच्छेद गरेको छन । नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख दिपक पाण्डेले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै वडा नम्बर ४ मा सम्बन्ध विच्छेद गरेका छन ।
वडामा १८ जनाले सम्बन्ध विच्छेद गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै ११ वटा वडा मध्ये सबैभन्दा कम वडा नम्बर ३ र ७ मा जम्मा ३÷३ जनाले सम्बन्ध विच्छेद गरेका छन ।
त्यस्तै वडा नम्बर १ मा ६, वडा नम्बर २ मा ९, वडा नम्बर ५ मा ४, वडा नम्बर ६ मा ४, वडा नम्बर ८ मा ९, वडा नम्बर ९ मा १०, वडा नम्बर १० मा ५ र वडा नम्बर ११ मा ७ जनाले सम्बन्ध विच्छेद गरेका छन ।
त्यस्तै सोहि आर्थिक वर्षमा नगरपालिकामा महिला भन्दा पुरुषको जन्म र मृत्यु बढि भएको पनि तथ्याङ्ले देखाएको छ । बाणगंगामा सबैभन्दा धेरै जन्म वडा नम्बर ११ मा पुरुष १४२ र महिला १३६ गरि २७८ जनाको जन्म भएको छ, भने उक्त वडामा ३८ पुरुष र ३२ महिला गरि ७० जनाको मृत्यु भएको छ ।
त्यस्तै वडा नम्बर १ जम्मा १३२ जनाको जन्म हुँदा ३५ जनाको मृत्यु भएको छ । वडा नम्बर २ मा २५७ को जन्म हुँदा ६४ को मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ३ मा १६७ जनाको जन्म र ४५ जनाको मृत्यु, वडा नम्बर ४ मा १८२ जनाको जन्म हुँदा ५६ जनाको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ५ मा १८२ जनाको जन्म, ४८ जनाको मृत्यु हँदा वडा नम्बर ६ मा १६० जनाको जन्म र ४२ जनाको मृत्यु भएको छ ।
त्यस्तै वडा नम्बर ७ मा १४० जनाको जन्म र ५२ जनाको मृत्यु भएको छ । यसैगरि वडा नम्बर ८ मा २०६ जनाको जन्म हुँदा ७१ जनाको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ९ मा १३८ जनाको जन्म हुँदा ५० जनाको मृत्यु भएको छ भने वडा नम्बर १० मा २४३ जनाको जन्म र ६९ जनाको मृत्यु भएको छ ।
सूचना प्रविधिको बढि प्रयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोरी छोराको चाहना विपरित घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको र आफूले माया गरेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु जस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भैरहेको पञ्जिकरण शाखा प्रमुख पाण्डेले बताउनु भएको छ । उनकाअनुसार सूचना र प्रविधिको पहुँच बढि हुनु र बिलासिताको जीवनयापन गर्ने चाहना राख्नुले पनि बढि सम्बन्ध विच्छेदका घटना बढेका हुन् ।