दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय संरचनाअन्तर्गतका ७ वटै प्रदेशबीच विकास र समृद्धिको प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ७ वटा प्रदेशमध्ये विकासमा कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्प्रर्धा गरेरै विकास गर्नुपर्ने उनको तर्क छ ।
दाङको देउखुरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नवौं संविधान दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संविधानमा भएका अधिकारहरू संघ सरकारले दिनलाई कन्जुस्याइँ गर्न नुहने उनले बताए ।
‘पोखरा भएको सातै प्रदेशका मुख्यमन्त्री बैठकमा पनि प्रदेशको अधिकारबारे कुरा राख्यौं,’ उनले भने, ‘संविधान कार्यान्यवन गर्न संघ सरकारले बाधा पुर्याउनु हुँदैन । अधिकार बाँडफाँड संविधानअनुसार हुनुपर्छ ।’ उनले विकासका काममा लुम्बिनी द्रूत गतिमा अघि बढेको बताए ।
संघीयताप्रति नकारात्मक कुरा उठेकोतर्फ संकेत गर्दै संघीयता फेल भए प्रदेशको होइन, संघीय सरकारकै कारण फेल हुने उनले बताए । संविधानमा सबैको भावना समेटिएको भन्दै भाषा, धर्म, जातजाती, संस्कृतिको संरक्षण गर्ने र सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको बताउँदै चौधरीले सरको कार्यान्यवन सहज रुपमा हुन नसकेको बताए ।