गृहपृष्ठ Featured कपिलवस्तुको मायादेवीका हाकिम यादवको काममा सरकारले लगायो अंकुश

कपिलवस्तुको मायादेवीका हाकिम यादवको काममा सरकारले लगायो अंकुश

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवको काममा सरकारले अंकुश लगाईदिएको छ । यादवले यस गाउँपालिकामा विगत २ बर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आएका थिए ।

अब यादवले आर्थिक तथा प्रशासनिक काम गर्न पाउने छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एक पत्रमार्फत सो बारे गाउँपालिकालाई जानकारी गराएको हो ।

‘कार्यालयमा कार्यरत नेपाल कृषि सेवा, भेटेरिनरी समूह, अधिकृतस्तर (छैठौं) श्री प्रमेश्वर यादव ( कर्मचारी संकेत नं. १५४९०२) लाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मको लागि दिइएको आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी रद्द भएको व्यहोरा अनुरोध छ ।’ सो पत्रमा उल्लेख गरिएको छ ।

यादवले कार्यसम्पादनका क्रममा गाउँपालिकामा चरम आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको थियो ।

हेर्नुहोस् यस्तो छ पत्र :

सम्बन्धित् समाचार