वैखरी अनलाइन, बाणगंगा ।
रुपन्देहीमा जारी २१ औँ लिस्नु कपको फाइनलमा कपिलवस्तु –११ पुगेको छ ।
बुधबार सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा पाल्पालाई शुन्यका बिरुद्ध एक गोलले हराउदै कपिलवस्तु –११ कपको फाइनलमा पुगेको हो । कपिलवस्तु –११को जितका लागी क्याप्टेन सञ्जु सेन ठकुरीले निर्णायक गोल गरेका थिए ।
फाईनल खेल यही असोज ५ गते हुदैछ । फाइनलमा फर्साटिकट युवा क्लवसगं उपाधिका लागी खेल्ने छ ।
उपाधिमा प्रथम हुनेले ३ लाख नगद शिल्ड र मेडल, त्यस्तै द्धित्तिय हुनेले एक लाख ५० हजार शिल्ड र मेडल पाउने छन ।








