वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम संघको आयोजना र खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा करदाता सेवा कार्यालय तौलिहवाका प्रमुख सुरेश बराली, खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहाल, खाद्य निरिक्षक सरोज खनालले सहजीकरण गरेका थिए ।
सो क्रममा खाद्य सुरक्षालाई केन्द्रविन्दुमा राखेर प्रशिक्षण दिईएको थियो । कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै बर्षेनी बजारमा अखाद्य बस्तु फेला पर्ने गरेको बताए । अखाद्य बस्तुको बिगबिगीले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै उनले चिन्ता व्यक्त गरे । उनले यस्तो अखाद्य बस्तुको बिगबिगीलाई नियन्त्रण गर्न सबै सरोकारवाला एक भएर लाग्नुपर्ने बताउँदै स्वयम् व्यवसायी सचेत हुनुपर्ने बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले संघ मातहतमा रहेका उद्योगी व्यवसायीलाई खाद्य सुरक्षामा गम्भिर हुनु आग्रह गरे । उनले बेलाबखतमा हुने अनुगमनमा अखाद्य बस्तु फेला पर्ने क्रम क्रमश घट्दै गएकोमा खुशी व्यक्त गर्दै आम उपभोक्ताको स्वास्थ्य सरक्षाको ख्याल गर्नुपर्ने बताए । विभिन्न वस्तुहरुमा मिसावट गरि व्यापार गर्नु गैरकानुनी भएकाले यसतर्फ सचेत हुन अपिल समेत गरे ।
संघले गरेका यस्ता कार्यक्रमबाट व्यवसायीमा खाद्य सुरक्षा सम्बन्धि ज्ञानमा वृद्धि हुने उनले विश्वास व्यक्त गरे । व्यवसायीको हकहितका कार्यक्रमलाई संघले प्राथमिकतामा राखेर अघि उनले दाबी गरे ।
कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष विष्णु प्रसाद न्यौपानेले व्यवसायीलाई आफ्नो व्यवसायलाई थप मर्यादित बनाउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका थिए ।
करिब ६० बढी उद्योगी व्यवसायीको सहभागिता कार्यक्रम सम्पन्न भएको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए ।