लमजुङमा खसी चोरी गरेको अभियोगमा साढे दुई महिना अघि पक्राउ परेर धरौटीमा छुटेका एक युवक बोका चोरी गरेको आरोपमा फेरी पक्राउ परेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होलासोथार गाउँपालिका-४, भुजुङका ३४ वर्षीय कालु गुरुङले मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको २ वटा बोका चोरेको आरोपमा पुन: प्रहरीले पक्राउ गरेको छ ।
असोज ३ गते बुधबार रातीदेखि बोका हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा मध्यनेपाल नगरपालिका-५ रिङ्नेको जंगलमा बोका फेला परेको थियो। आरोपित गुरुङले उक्त बोका बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लैजाँदै गर्दा प्रहरीले पिछा गरेको थाहा पाए पछि उक्त बोकाहरु जंगलमै छाडेर फरार भएका थिए।