गृहपृष्ठ Featured  बाणगंगामा कांग्रेसको नगरस्तरिय दुई दिने प्रशिक्षण सुरु

 बाणगंगामा कांग्रेसको नगरस्तरिय दुई दिने प्रशिक्षण सुरु

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेस बाणगंगाले नगरस्तरिय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रम शुक्रबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सुरु भएको हो ।

कृष्ण प्रसाद पौडेल प्रमुख प्रशिक्षकका रुपमा रहेको उक्त कार्यक्रममा बाल कृष्ण पौडेल, मुक्ति गैरे र गुणानिधि शर्माले प्रशिक्षण दिने नेपाली कांग्रेस बाणगंगाका सभापति विष्णु थापाले जानकारी दिए ।

उक्त कार्यक्रममा हरेक वडाबाट कम्तिमा ११ जना कार्यकर्ताको सहभागिता रहेको उनले बताए । कार्यक्रममा कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको नगर सचिव सुर्यप्रसाद बरालले बताए ।

कार्यक्रमबाट देश निर्माणका लागी नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्न तयार रहेको सन्देश प्रवाह हुने जनाईएको छ ।

पार्टीलाई एक ढिक्का बनाउन कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने कांग्रेस बाणगंगाले विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित् समाचार