गृहपृष्ठ Featured एसियाली क्रिकेट : अफगानिस्तान पाकिस्तानलाई हराउँदै फाइनलमा

एसियाली क्रिकेट : अफगानिस्तान पाकिस्तानलाई हराउँदै फाइनलमा

प्रकाशित मिति:

काठमाडौं । 

चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन्।

शुक्रबार दोस्रो सेमिफाइनलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पाकिस्तानले दिएको १ सय १६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १३ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।

अफगानिस्तानका लागि नुर अली जाद्रनले सर्वाधिक ३९ रनको योगदान गरे। कप्तान गुल्बादिन नैब ३६ रनमा अविजित रहे।

पाकिस्तानका ओमैर युसुफले सर्वाधिक २४ रनको योगदान गरे भने अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। यसअघि विहान भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

सम्बन्धित् समाचार