गृहपृष्ठ Featured (अनेरास्ववियु) देवदहले उच्च शिक्षाका लागि अक्षयकोष निर्माण गर्न “अखिल साँझ’ गर्ने

(अनेरास्ववियु) देवदहले उच्च शिक्षाका लागि अक्षयकोष निर्माण गर्न “अखिल साँझ’ गर्ने

प्रकाशित मिति:
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवदहले उच्च शिक्षाका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्यले आगामी असोज २८ गते “अखिल साँझ’ गर्ने भएको छ। समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी असोज २८ गते देवदह ५ स्थित केरवानी मा.विको प्राङगणमा देवदह अखिल साझ गर्न लागेको जानकारी गराएको हो।
“अखिल साँझ”मा राष्ट्रिय ख्याती प्राप्त कलाकार बद्री पंगेनी, बैकुण्ठ महत, समिक्षा अधिकारी, शिरिस देवकोटा, रास्ट्रिय हास्यव्यंग्य कलाकार पुरुषोत्तम भन्डारी पुर्खे बा, लगाएतको जोडदार प्रस्तुती रहने अनेरास्ववियु देवदह नगर कमिटी अध्यक्ष अश्विन न्यौपानेले जानकारी गराउनु भएको थियो।
गरिव तथा जेहन्दार र शिक्षाको पहुच भन्दा बाहिर रहेका विद्यार्थीलाई केही मात्रामा भए पनि राहत दिने उद्देश्यले अखिल साझको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण पौडेलले बताउनुभयो।
कार्यक्रम असोज २८ गते बेलुका ३ बजे देखि ७ बजे सम्म संचालन हुने गरि कार्यक्रमको तयारी भएको कार्यक्रम आयोजकले बताएको छ। संगीत सबैका लागि सधैंका लागि भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रमको अनुमानित लागत १२ लाख ६० हजार रहेको छ । जसमा ५ लाख बराबरको अक्षयकोष निर्माण गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार