गृहपृष्ठ Featured जसपाको लुम्बिनी प्रदेश समिति पुनर्गठन : अध्यक्षमा अशोक यादव

जसपाको लुम्बिनी प्रदेश समिति पुनर्गठन : अध्यक्षमा अशोक यादव

प्रकाशित मिति:

दाङ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समिति पुनर्गठन भएको छ ।

शनिबार दाङको लमहीमा सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार यादव, चन्द्रा धामा हरिजन मुख्यसचिव राजन राना मगर, सचिव हिमानी थापा, नेत्र थापा, सन्दीप पाण्डेय र कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका इन्चार्ज राज किशोर यादव, राजनीतिक समिति सदस्य केशव पौडेल, मनिकर कार्कीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार