परासी ।
पश्चिम नवलपरासीको सरावलमा भन्सार छली गरेर ल्याएको करिब १३ लाख बराबरको तयारी कपडा प्रहरीले बरामद गरेको छ । नेपाल भारत सीमावर्ती सरावल गाउँपालिका-७ बुलन्दपुरबाट कुर्ता-सरवाल, साडी, टप्सलगायत कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।
बरामद भएको कपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ । चाडपर्व नाजिकिएसँगै बजारमा नयाँ लत्ताकपडाको माग बढेपछि भन्सार छलेर भारतबाट समान भित्र्याउने क्रम बढेको छ ।
भन्सार कार्यालयमा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर तिर्नुपर्ने भएपछि चोर नाकाबाट भन्सार छलेर सामान भित्रिरहेको छ ।